काठमाडौं- नेपाली बजारमा लगातार सुनको मूल्यले नयाँ कीर्तिमान बनाइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार रुपैयाँले बढेको हो ।
महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३४ हजार र तेजाबी सुन १ लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च हो ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ३३ हजार र तेजाबी सुन १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेर तोलाको १ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
बुधबार चाँदी प्रतितोला १ हजार ६१० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया