काठमाडौँ – अण्डाको समर्थन विक्री मूल्य निर्धारण गरिएको छ ।
नेपाल लेयर्स कुखुरापालक सङ्घले तोकेको मूल्य अनुसार अब मध्यम अण्डा क्रेटको ३७५ रुपैयाँ, ठूलो अण्डा क्रेटको ३९० रुपैयाँ र अझै ठूलो अर्थात एक्सएल अण्डा क्रेटको ४५० रूपैयाँ पर्ने छ ।
सङ्घले नयाँ समर्थन मूल्यअनुसार कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ ।
इटहरी, धनगढी र काठमाडौँमा तीन दिनसम्म भएको सङ्घको व्यवसायी भेलाले अण्डाको समर्थन विक्री मूल्य निर्धारण गरेको हो ।
नयाँ मूल्य आजैदेखि लागू भएको सङ्घले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया