मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गर्भवतीले खान नहुने यी खानेकुरा 

हामीले खाने खानेकुराहरूमा निकै संयमता अपनाउनुपर्छ । अझ गर्भवतीले त झन आफ्नो स्वास्थ्य र खानपानमा निकै ध्यान दिनुपर्ने हुन्छ ।

के खान हुने कस्ता खानेकुरा खान नहुने सम्बन्धमा निकै सजग हुनुपर्छ । यदि यो अवस्थामा यस्ता खानेकुराहरूमा सजग भइएन भने गर्भावस्थामा निकै समस्या निम्तन सक्छ ।

यसकारण आज हामी गर्भवतीले खान नहुने खानेकुराको सम्बन्धमा जानकार गराउन गइरहेका छौ । 

काँचो माछा र नपकाएका मासु:

माछा कम्तीमा पनि १४५ डिग्रीको तापक्रममा पकाएको हुनुपर्छ । राम्ररी नपकाएका मासु र कुखुरा पनि खानुहुन्न ।

मर्क्युरीः  

यो शिशुको स्नायु प्रणाली विकासका लागि खतरनाक मानिन्छ । मर्क्युरी बढी पाइने माछाहरू स्वर्डफिस, सार्क, टाइलफिस सेवन गर्नुहुन्न । टुना, साल्मन, क्याटफिस, पोलोक माछामा भने कम मर्क्युरी हुन्छन् ।

क्याफिन :

गर्भवतीले दैनिक २ सय मिलिग्रामभन्दा बढी क्याफिन खानुहुन्न । एक कप कफीमा ९५ एमजि क्याफिन हुन्छ भने एक कप चियामा ४७ एमजि क्याफिनको मात्रा हुन्छ ।

अल्कोहल:

अल्कोहलले पनि भर्खर विकास हुँदै गरेका शिशुको दिमाग लगायतका अङ्गलाई क्षति पुर्‍याउँछन् । यसले गर्दा पछि बच्चा मानसिक रूपमा अपाङ्ग भएर जन्मने सम्भावना हुन्छ ।

नपखालिएका तरकारी :

राम्ररी नपखालिएका तरकारीमा टोक्सोप्लाज्मा नामक परजीवी हुन्छन् । यसका कारण टोक्सोप्लाज्मोसिस हुने भएकाले यो शिशुका लागि हानिकारक हुन्छ । त्यसैले तरकारीलाई पानीले मात्रै होइन, ब्रसले पानीमा पखाल्नुपर्छ । यस्तै, ब्याक्टेरिया हुन सक्ने भएकाले तरकारीको फेद र टुप्पो पनि काट्नुपर्छ । 

काँचो दूधः

नतताइएको काँचो दूध सेवन शिशुका लागि हानिकारक हुन सक्छ । त्यसैले पकाइएको वा उमालेको दूध मात्र पिउनुस् । 

धूम्रपान:

गर्भवतीले मात्र नभई स्वास्थ्यका लागि कसैले पनि धूम्रपान गर्नु हुँदैन । गर्भवतीले धूम्रपान गर्ने व्यक्तिको छेउछाउ पनि बस्नुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?