काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यमा फेरि रेकर्ड कायम भएको छ ।
बुधबार सुनको मूल्य मंगलबारको तुलनामा तोलामा १ हजार ८ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।
योसँगै आज छापावाल सुन तोलाको १ लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि यही सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँ कायम हुँदै रेकर्ड बनाएको थियो ।
आज तेजाबी सुनको मूल्य तोलाको १ लाख ३२ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ ।
यस्तै, बुधबार चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय १० रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया