काठमाडौँ– मानिस कहिले जन्मिन्छ कहिले मर्छ यो कसैलाई थाहा हुदैन । तर, पछिल्लो समय विकास भइरहेको प्रविधिसँगै असम्भव देखिने धेरै कुराहरू सम्भव हुन थालेका छन् ।
प्रविधिको दुनियाँमा उदाइरहेको आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईले नयाँ–नयाँ कुराहरू गरेर सबैलाई चकित पारिरहेको छ । योसँगै अब एआईले मानिसको मृत्युको मिति र समयको भविष्यवाणी गर्ने पनि बताइएको छ ।
तर, युरोपेली देश डेनमार्कका वैज्ञानिकहरूले मानिसको मृत्यु कहिले हुन सक्छ भनेर पत्ता लगाउन एआई प्रविधि प्रयोग गरिरहेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
मिडिया रिपोर्टका अनुसार लाइफ टु वेक नामक परियोजना अन्तर्गत वैज्ञानिकहरूले मानिसको स्वास्थ्य र सामाजिक घटनाहरूको भविष्यवाणी गर्न सक्ने बताइएको छ ।
डेनमार्कको प्राविधिक विश्वविद्यालयले आर्टिफिसियल इन्टेलिजेन्समा आधारित ‘डेथ क्याल्कुलेटर’ तयार गरेको रिपोर्टमा उल्लेख गरिएको छ । डेनमार्कको प्राविधिक विश्वविद्यालयका प्रोफेसर सुने लेहमनले यसबारे जानकारी दिएका हुन् ।
‘डेथ क्याल्कुलेटर’ ले मृत्युबारे भविष्यवाणी गर्दै कुनै व्यक्ति कति वर्षसम्म बाँच्न सक्छ भनेर बताउन सक्ने बताइएको छ ।
वैज्ञानिकहरूका अनुसार यो परियोजनाले पनि च्याटजीपीटी जस्तै एल्गोरिदम र डाटामा काम गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया