मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आजको मौसम : चार प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ – अहिले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ भने दिउसो सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रहने छ । 

बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ भने कोशी,बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राती सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही  बाँकी  भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। 

सुदूरपश्चिम,कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

गण्डकी कर्णाली र प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुनु सक्ने महाशाखाको पूर्वानुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?