काठमाडौँ – विश्वका उत्कृष्ट फिल्म निर्देशकमा क्रिस्टोफर नोलनले बेलायत सरकारले प्रदान गर्ने ‘नाइटहुड’को उपाधि पाउने भएका छन् । बेलायत सरकारले क्रिस्टोफरलाई नाइटहुडको उपाधि दिने घोषणा गरेको हो ।
बेलायती प्रधानमन्त्री ऋषि सुनकले बिहीबार सम्मानित हुनेको सूची सार्वजनिक गरेका छन् । सम्मानको सूचीमा क्रिस्टोफरकी श्रीमती तथा फिल्म निर्माता एम्मा थोमसको पनि नाम छ । उनलाई ‘हेमहुड’ अर्थात ‘नाइटहुड’ बराबरको महिला सम्मान प्रदान गरिनेछ । जसमा कन्जर्भेटिभ राजनेता र टेक उद्योगका नेता पनि सामेल छन् ।
उनले ‘द डार्क नाइट’ र ‘ओपेनहाइमर’जस्ता कैयौं ब्लकबस्टर फिल्म दिएका छन् । फिल्म ‘ओपेनहाइमर’ले त यस वर्षको ओस्कार अवार्डमा ७ विधामा अवार्ड नै उचाल्यो । ओस्कारमा उनले ‘बेस्ट डिरेक्टर’को अवार्ड पोल्टामा पारे । उनले पहिलोपटक ओस्कार जितेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया