मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

२० वर्षपछि देशको अवस्था कस्तो होला भन्ने चिन्ता लाग्छ: सौगात मल्ल

काठमाडौँ– अभिनेता सौगात मल्लले विदेशिने नेपालीहरुको क्रम बढिरहँदा आफूलाई चिन्ता लाग्ने गरेको बताएका छन् ।

राजधानीमा आयोजित फिल्म ‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले आफ्ना धेरै साथीहरु पनि विदेशमा भएको र अबको केही समयपछि नेपालको अवस्था कस्तो रहला भन्नेमा दुःख लागेको पनि बताए ।

‘मेरा धेरै साथीहरु पनि विदेशमा छन्, म अभिनयमा आएँ तर अरु नेपालमै केही गर्छु भन्ने साथीहरु विदेशमा छन्,’ उनले भने, ‘यो निकै दुःखलाग्दो कुरा हो, केही समयपछि के होला भनेर म कहिलेकाहीँ झसङ्ग हुन्छु ।’

साथै उनले सरकारले युवालाई विदेश जानबाट रोक्नुपर्ने पनि बताए । ‘मलाई यसबारेमा केही थाहा छैन, तर सरकारले यसको उपाय खोज्ला, अहिले हेर्दा त सरकारले केही नगरेजस्तो पनि देखिन्छ,’ उनले भने ।

उनले हजारौँको सङ्खयामा नेपालीहरु विदेशी भूमिका जाँदा बीस वर्षपछि यो देशको अवस्था कस्तो होला भन्ने कुराले आफूलाई तर्साउने र यसको विकल्प छिटो खोजिनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?