मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कप्तान ऋषभ पन्तलाई १९ लाख जरीवाना

काठमाडौँ – इण्डियन प्रिमियर लिग ‘आइपिएल’ टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई १२ लाख भारु अर्थात १९ लाख २० बजार नेपाली रुपैयाँ बराबर जरिवाना गरिएको छ । आइतबार विशाखापट्टनममा चेन्नई सुपर किंग्सविरुद्धको खेलपछि पन्तलाई यो जरिवाना लगाइएको हो ।

पन्त स्लो ओभर रेटमा दोषी ठहर भएका छन् । आईपीएलको १७औं सिजनमा दिल्ली क्यापिटल्सले आइतबार पहिलो जित हात पारेको थियो । टोलीले डिफेन्डिङ च्याम्पियन र पहिलो २ खेल जितेको चेन्नई सुपर किंग्सलाई २० रनले पराजित गरेको थियो । यो खेलपछि डिसीका कप्तान ऋषभ पन्तलाई स्लो ओभर रेटका कारण १२ लाख भारु जरिवाना गरिएको थियो ।

आईपीएलको यस सिजनमा यसअघि गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई पनि जरिवाना गरिएको थियो ।चेन्नईविरुद्धकै खेलमा गिललाई पनि स्लो ओभर रेटका कारण १२ लाख भारु जरिवाना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?