मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पर्सा राष्ट्रिय निकुञ्जको खोरमा बाघको मृत्यु

पर्सा – पछिल्लो केही महिनाको अवधिमा पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएका तीन बाघको मृत्यु भएको छ । 

चितवन राष्ट्रिय निकुञ्ज र पर्साको ठोरीबाट उद्धार गरी ल्याइएका एउटा पोथी र दुई वटा भाले बाघको मृत्यु भएको हो । बाघको मृत्युसँगै पर्सा राष्ट्रिय निकुञ्जको खोर खाली भएको छ ।

पछिल्लो पटक गत असार २३ गते चितवन राष्ट्रिय निकुञ्जबाट उद्धार गरी ल्याइएको आठ वर्षको वयस्क भाले बाघको मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ । 

केही दिनदेखि बिरामी परेको बाघलाई खोरमा आहार दिन जाने क्रममा मृत्यु भएको अवस्थामा भेटिएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष र भगतले जानकारी दिनुभयो ।

दुई महिनाअघि पर्सा राष्ट्रिय निकुञ्जको खोरमै राखिएको दुई बाघको मृत्यु भएको थियो । दुई बाघ राख्न सक्ने क्षमता रहेको पर्सा राष्ट्रिय निकुञ्जको खोरमा तीन वटा बाघ राख्दा अत्यन्तै दुर्गन्ध फैलिएको र साँघुरो भएकाले बिरामी परेर बाघको मृत्यु भएको हुनसक्ने पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको भनाइ छ ।  

उद्धार गरेर लामो समयसम्म खोरमा राख्नु परेकाले बिरामी भएर बाघको मृत्यु भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बताउनुभयो । सन् २०२२ को गणनाअनुसार पर्सा राष्ट्रिय निकुञ्जमा ४१ दुर्लभ पाटे बाघ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?