काठमाडौँ– माइक्रोसफ्टको स्वामित्वमा रहेको सोसल मिडिया प्लाटर्फम लिंक्डइनले नयाँ भिडियो फिड फिचर ल्याउने तयारी गरेको छ । अव लिंक्डइनमा पनि सर्ट भिडियो फिडको अप्सन उपलब्ध हुने भारतीय मिडियाले उल्लेख गरेका छन् ।
तर लिंक्डइनमा उपलब्ध हुने सर्ट भिडियो फिचरमा प्रयोगकर्ताले धेरै नयाँ सुविधा प्राप्त गर्नेछ बताइएको छ ।
आफ्नो करिअर तथा प्रोफेसनल शीर्षकलाई निकै सजिलोसँग सेट गर्न सकिने यस इनोभेटिभ भिडियो फिचरको लिंक्डइनले हाल परीक्षण गरिरहेको बताइएको छ ।
यो फिचरले प्रयोगकर्तालाई आफ्नो क्षमता तथा रुचि अनुसारको रोजगारी प्राप्त गर्नमा निकै सहज हुने दाबी कम्पनीको छ।
इन्स्टाग्राम, युट्युब, स्नापच्याट तथा नेटफ्लिक्समा पनि यस्तै फिचरहरु उपलब्ध छन् ।
लिंक्डइनले ल्याउन लागेको नयाँ भिडियो फिडको सहयोगमा प्रयोगकर्ताले आफूले चाहेको कुरामा अनलाइनमा सल्लाह लिन सक्ने सहित करिअरमा वृद्धि विकास, जागिर खोज्ने तथा व्यावसायिक सीपका बारेमा पनि सिक्ने सकिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया