मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिद्धार्थ बैङ्क र एनबीआईबीच विद्युतीय सवारीमा लगानी सम्झौता

काठमाडौँ – सिद्धार्थ बैङ्क र एनबीआई बीच विद्युतीय सवारीमा लगानी सम्झौता भएको छ। 

नेसनल बैङ्किङ इन्स्टिच्युट (एनबीआई) र सिद्धार्थ बैङ्क लिमिटेड बीच ‘नेपालमा विद्युतीय सवारी साधनमा वित्तीय लगानीको सम्भाव्यता’ का बारेमा अध्ययन गर्नका लागि सम्झौतामा हस्ताक्षर भएको हो।
 
उक्त सम्झौतामा सिद्धार्थ बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेल र नेसनल बैङ्किङ इन्स्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरी सम्झौता गरेका हुन्।

यस्तै सम्झौताअनुसार नेसनल बैङ्किङ इन्स्टिच्युटले नेपालमा विद्युतीय सवारी साधनमा वित्तीय लगानीको सम्भावनाका बारेमा अध्ययन अनुसन्धान गरी अध्ययन प्रतिवेदन तयार गर्नेछ। 

इन्स्टिच्युटले आगामी दिनमा बैङ्किङ तथा वित्तीय क्षेत्रका विभिन्न विषयहरूमा अध्ययन, अनुसन्धान गरी मुलुकका बैङ्क तथा वित्तीय संस्थाहरूलाई आवश्यक सूचना जानकारी तथा तथ्याङ्क उपलब्ध गराउने लक्ष्य लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?