मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ताप्लेजुङका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण शुरु

ताप्लेजुङ– ताप्लेजुङका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण शुरु भएको छ । 

शैक्षिक सत्र सुरु हुनुभन्दा दुई साता अघि नै पाठ्यपुस्तक जिल्लामा आएपछि वितरण शुरु गरिएको जिल्लास्थित पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घले जनाएको हो ।

तत्कालका लागि कक्षा १ देखि १० सम्मका २२ हजार थान पाठ्यपुस्तक आएसँगै वितरण सुरु गरिएको महासङ्घका अध्यक्ष ज्ञानप्रसाद मिश्रले जानकारी दिए। उनका अनुसार नेपाली माध्यमका प्रतिकक्षा एक हजार पाँच सयका दरले १५ हजार थान, कक्षा १ देखि ७ सम्म अङ्ग्रेजी माध्यमका तीन हजार पाँच सय थान र लिम्बू भाषाको पुस्तक कक्षा १ देखि ७ सम्मको तीन हजार पाँच सय थान छन् ।

नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै सम्बन्धित विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउने गरी जिल्लामा पुस्तक ल्याइएको सङ्घका सदस्य दिनेश भट्टराईले बताए । 

“यस वर्ष सबै कक्षाका पुस्तकमा कुनै पनि विषय छुट्टाएका छैनौँ । विद्यार्थीलाई एक थानमा हुने सबै पुस्तक एकै पटक उपलब्ध गराएका छौँ”, उनले भने ।

महासङ्घले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड विराटनगरबाट सामुदायिक विद्यालयका लागि पाठ्यपुस्तक ल्याएको हो । 

ताप्लेजुङमा तीन सय ३० सामुदायिक विद्यालय रहेका जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिए। उनका अनुसार तीमध्ये ६१ विद्यालय माध्यमिक तहका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?