मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘घरज्वाँइ’ को ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक

काठमाडौँ – अनिल बुढामगर निर्देशित फिल्म ‘घरज्वाँइ’ को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा दयाहाङ राई र मिरुना मगरलाई विशुद्ध ग्रामीण परिवेश, भेषभुषा, आञ्चलिकता र मुडमा देख्न सकिन्छ । 

पोस्टरको रङ संयोजनले ग्रामीण नेपाली क्षेत्रको आभा दिन्छ । यो फिल्मको सेटिङ पूर्वी रुकुमको तकसेराको मगर ग्रामीण बस्ती हो । 

फिल्मका दुई शीर्ष पात्र दयाहाङ  र मिरुना फिचर्ड छन् । फिल्मको पुरै छायाङ्कन पूर्वी रुकुमको लुगुम, तक्सेरा लगायतका रमणीय स्थानमा गरिएको छ ।

फिल्ममा दयाहाङ र मिरुनाका अलावा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, खबपु पुन, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगर लगायत कलाकारको रूपमा छन् ।

जनक घर्ती निर्माता रहेको फिल्म २०८१ को असारमा प्रदर्शन हुनेछ । फिल्मका लेखक अनिल बुढा मगर, विनोद खतिवडा, सुभाष कोइराला हुन् ।

जि.एम मुभिज प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा सुसन प्रजापतिको छायाङ्कन, हर्क साउदरमनोज थापाको गीत संगीत, रामजी लामिछाने कोरियोग्राफर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?