मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ठमेल र दरबारमार्ग वैशाख १ गतेदेखि चाैबीसै घण्टा खुल्ने, स्थानीयको विरोध

काठमाडौँ – काठमाडौँको ठमेल र दरबार मार्गलाई आउँदो वैशाख १ गते नयाँ वर्षको पहिलो दिनदेखि चौबीसै घण्टा खुलाउने गरी तयारी शुरु भएको छ । 

त्यसका लागि जिल्ला प्रशासन कार्यालयले व्यवसायी, उपभोक्ता र श्रमिकले पालना गर्नुपर्ने अनि रात्रिकालीन समयमा मनोरञ्जनात्मक व्यवसाय गर्ने व्यवसायीले पालना गर्नुपर्ने आचारसंहिता तयार गरेको छ ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि हुने लागेको यो कामको  स्थानीयबासिन्दाले भने विरोध जनाएका छन् । 

निर्णयको विरोधमा जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाउने बाटोमै ठमेलका घरधनीहरू अघि बढेका छन् । 

आचारसंहिता बनाउँदा यस क्षेत्रका घरधनीलाई नसमेटेको,चौबीसै घण्टा खुला गर्ने निर्णय गर्नु पूर्व यस क्षेत्रको समस्याकाबारेमा अध्ययन नगरेको तथा कति क्षेत्रलाई ठमेल मान्ने भन्ने प्रस्ट नभएको जस्ता विषयमा उनीहरूका असन्तुष्टि छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?