काठमाडौँ – अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म ‘बोक्सीको घर’मा गायक प्रकाश सपुत पनि जोडिएका छन् ।
सपुतसँग मिलेर केकीले फिल्मको नयाँ गीत ‘बुझिनँ मैले’ तयार पारेकी हुन् । सपुतकै शब्द र सङ्गीत रहेको गीतमा प्रकाश र गायिका समीक्षा अधिकारीको स्वर छ ।
केकी नै फिचर्ड भएको तथा शीर्ष चरित्र निर्वाह गरेकी उनलाई पात्र लुक्समै प्रस्तुत गरिएको गीतको हालै मात्र भिडियो छायाङ्कन भएको छ । गीतमा सुनिल क्षेत्रीको नृत्य निर्देशन छ ।
आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर निर्माण गरिएको फिल्ममा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ । सोसल–थ्रीलर जनरामा निर्माण भएको फिल्म वैशाख १४ देखि प्रदर्शन तयारीमा छ ।
केकी अधिकारी फिल्मम्सको ब्यानरमा निर्माण भएको फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ ।
फिल्ममा निर्माताका रूपमा केकीका बाबु बद्री अधिकारी छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया