मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् गर्मी मौसममा भान्सामा छुटाउनै नहुने सागसब्जी 

काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशैभर  बिस्तारै गर्मी बढ्दै छ ।

यो मौसम रोगहरूको समय हो भने खानपिनमा हल्का तलमाथि वा लापरबाही भए पनि यसले गम्भीर स्वास्थ्य समस्या ल्याउन सक्छ ।

अर्थात् जाडोमा भन्दा गर्मीमा तन्दुरुस्त राख्न खानपानमा विशेष ख्याल गर्नुपर्छ । आज हामी यो यो मौसममा स्वास्थ्यलाई फाइदा गर्ने सागसब्जीका बारेमा जानकारी दिँदै छौँ ।

टमाटर 

टमाटर बाह्रै मौसममा पाउने तथा सबै परिकारमा मिसाउन सकिने तरकारी हो । गोलभेँडामा ९५ प्रतिशत पानी हुन्छ । गोलभेँडाले पनि शरीरको पानीको मात्रा सन्तुलन राख्ने काम गर्छ । गोलभेँडामा पोटासियम तथा क्याल्सियम तत्त्व अधिक हुन्छ ।

करेला 

पोषणविद्हरूका अनुसार करेला विशेषतः मुटु, मधुमेह तथा पेटसम्बन्धी रोग भएका व्यक्तिका लागि फाइदाजनक तरकारी हो । यसमा भिटामिन सी, आइरन तथा पोटासियम तत्त्व हुन्छ । पाचन शक्ति एकनास बनाउन पनि करेला अति उपयुक्त मानिएको छ । गर्मीको समयमा करेला खाँदा शरीरलाई चिसो बनाउने काम पनि गर्छ  भने पाचनलाई सहज बनाउँछ। 

लौका 

अत्यधिक पोषक तत्त्व हुने स्वादिष्ट तरकारीमध्ये एक हो लौका । अक्सर गर्मी मौसममा यसलाई तरकारी वा जुसका रूपमा खाने गरिन्छ । लौकामा धेरै क्याल्सियम हुन्छ । यसले हड्डी बलियो बनाउँछ । लौकाले पेटमा खराबी , उच्च कोलेस्ट्रोल तथा मधुमेह यी तीन वटै रोगमाथि नियन्त्रण राख्छ । 

गाजर 

गाजर पनि वर्षभरि पाइने हरियो सागसब्जीमै पर्छ । यसलाई सलाद वा तरकारीका रूपमा पनि खान सकिन्छ । गाजरको जुस शरीरलाई धेरै नै फाइदा पुर्‍याउँछ । गाजरमा भिटामिन ए हुन्छ भने यसले आँखाको प्रकाश तेजिलो बनाउने काम गर्छ । 

हरियो सिमी 

गर्मी मौसममा तरकारीमा बढी प्रयोग हुने हरियो सिमी पनि हो । मोटो व्यक्तिले नियमित रूपमा सिमीलाई तरकारीका रूपमा प्रयोग गर्दा राम्रो मानिन्छ । यसले तौल घटाउनसमेत मद्दत गर्छ । सिमीमा क्यालोरी धेरै हुने सिमीमा फाइबरको मात्रा पनि धेरै हुन्छ । जसले पाचन क्षमतासमेत वृद्धि गर्छ । यसमा भिटामिन के हुन्छ । जसले हड्डी राम्रो बनाइराख्छ । साथै प्रोटिन, जिङ्क तथा एन्टी अक्सिडेन्टजस्तो तत्त्व हुन्छ । 

हरियो पातका तरकारी 

गर्मीको मौसममा शरीरलाई सन्तुलित बनाउन र पाचन शक्ति वृद्धि गर्न हरियो सागपात नै खान भनिएको छ । साग र पालकजस्तै अन्य हरियो पात भएका तरकारी गर्मी मौसममा धेरै उपयुक्त रहन्छ । यसमा धेरै आइरन, क्याल्सियम तथा पानीको मात्रा धेरै रहन्छ । 

फर्सी 

फर्सी भिटामिन ए ले भरिपूर्ण तरकारी हो । यसले शरीरको इम्युनिटी पावर बढाउने काम गर्छ । फर्सीमा भएको एन्टी अन्सिडेन्टले शरीरको तापक्रम चिसो बनाउने काम गर्छ । फर्सीले मुटुसम्बन्धी रोग नियन्त्रण गर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?