मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कवि विप्लव प्रतीकको हाइकु सङ्ग्रह ‘शाडेनफ्रोएडा’ सार्वजनिक

काठमाडौँ – कवि विप्लव प्रतीकको हाइकु सङ्ग्रह ‘शाडेनफ्रोएडा’ सार्वजनिक भएको छ। शनिबार विमोचन समारोहमा कवि विप्लवले सुरुमा आफूले रचना गरेका हाइकु सुनाएर रमाइलो माहोल बनाएका थिए।

त्यसपछि अभिनेता सुनील थापा, न्ह्यु बज्राचार्य र सांगीतिक अभियन्ता रिन्छेन योञ्जनलाई पुस्तक हस्तान्तरण गर्दै लेखकले पुस्तक सार्वजनिक भएको घोषणा गरे।

हाइकु जापानबाट उत्पन्न विधा हो। यस पुस्तकमा कवि विप्लवका मर्महरु समेट्दै अघि बढेको छ। सन् २००६ देखिनै आफू यो विधासँग नजिकिएको उनले सुनाए। पुस्तकको शीर्षक ‘शाडेनफ्रोएडा’ जर्मनी भाषाको एउटा शब्द हो। जसको अर्थ कसैको पीडामा महसुस हुने आनन्द रहेको समेत उनले बताए।

तीन हरफमा जम्मा १७ अक्षरभिज जीवन र दर्शनको उथलपुथललाई उर्तानुपर्ने यस माध्यमले शब्दको किफायत गर्दै सशक्त अभिव्यक्ति पस्कन सिकाउने उनको भनाइ छ।

कविता संङ्ग्रहसहित गीत, नाटक, उपन्यास, पत्रकारिता र सिनेमा लगायतका विभिन्न विधामा पदचापहरू छाड्दै आएका विप्लवले सूक्ष्म काव्यिक अभिव्यक्ति मानिने हाइकु सङ्ग्रह पहिलोपटक ल्याएका हुन्।

यस पुस्तकका अक्षरहरू कम्प्युटरका लिपि नभई स्वयं विप्लवकै हस्ताक्षरबाट मुद्रित गरिएको हो। यस पुस्तक भित्र अनुराग, सम्झना, खेद, दर्द, अश्रु, मनदह, सपना, जीवनध्वनि गरी आठ खण्डमा हाइकुहरू समेटिएका छन्।

पब्लिकेशन नेपालयले प्रकाशन गरेको पुस्तकको मूल्य चार सय ९५ राखिएको छ। यो पुस्तक भौतिक पुस्तक पसलसहित इबुकका रुपमा समेत उपलब्ध छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?