मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नासालाई पठाउनुहोस् सूर्य ग्रहणको तस्वीर, सङ्ग्रह गरेर राख्नेछ

काठमाडौँ– धेरै मानिसहरुको वैज्ञानिक बन्ने चाहना हुन्छ । जो कोही पनि चन्द्रमा र ताराहरूको संसारका बारेमा जान्न चाहन्छन् । तर केही कारणले सपना अधुरो रहन्छ । तर, अब अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले वैज्ञानिक बन्ने मौका दिने भएको छ ।

अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार नासाले यही अप्रिल ८ मा लाग्ने सूर्य ग्रहणलाई खगोलीय घटनासँग जोड्ने लक्ष्य लिएको छ । वेस्टर्न केन्टकी युनिभर्सिटीसँगको सहकार्यमा नासाले एउटा एप तयार पारेको छ ।

जसको मद्दतले सामान्य मानिसले समेत ग्रहणको तस्वीर खिचेर शेयर गर्न सक्नेछन् ।

सूर्यको धेरैभन्दा धेरै फोटोहरु खिचेर नक्सा तयार पार्ने तयारी नासाले गरिरहेको सनस्केचर एप बनाउने समूहका प्रमुख स्टार मे ने जानकारी दिए ।

यसका लागि सूर्य ग्रहण लागेको स्थानका व्यक्तिहरूले आफ्नो मोबाइलबाट ३० सेकेण्डको भिडियो बनाएर सनस्केचर एपमा अपलोड गर्नुपर्नेछ । यो एप एप्पल वा एन्ड्रोइड दुवै मोवाइल प्रयोग गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?