मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्रिप्टो संस्थापक फ्राइडलाई ठगीको आरोपमा २५ वर्ष जेल सजाय

काठमाडौँ – ठगीको आरोपमा क्रिप्टो संस्थापक साम ब्याङ्म्यान–फ्राइडलाई जेल सजाय भएको छ । 

कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका उनलाई अमेरिकी अदालतले २५ वर्षको जेल सजाय सुनाएको हो । 

न्यायाधीश कप्लानले उनीमाथि २५ वर्षको जेल सजाय तोक्नुका साथै अरू तीन वर्ष पनि निगरानीमा राख्ने गरी आदेश दिएका छन्। त्यस्तै विभिन्न व्यक्ति एवं संस्थाबाट चोरी गरेको अदालतले ठहर गरिएका ११ अर्ब अमेरिकी डलर भुक्तानी गर्न पनि आदेश दिइएको छ। 

यता फ्राइडले भने जानाजान वित्तीय कानुनहरू आफूले उल्लङ्घन नगरेको दाबी गर्दै आएका थिए । उनले अदालतसामु आफूले गल्ती भएको स्वीकार गरे पनि वित्तीय अपराध गरेकामा कुनै पश्चात्ताप गरेका थिएनन्।

३० वर्ष नपुग्दै अर्बपति भएका उनी क्रिप्टोको दुनियाँमा माथि पुगेका थिए । सन् २०१९ मा सानो स्टार्टअपका रूपमा शुरु गरेको एफटिएक्स क्रिप्टोलाई विश्वकै दोस्रो ठूलो क्रिप्टो करेन्सीमा रूपान्तरण गर्न उनी सफल भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?