मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पोखरामा करिब एक हजार तीन सय ६९ जना बालश्रमिक

गण्डकी – पोखरामा करिब एक हजार तीन सय ६९ जना बालश्रमिक रहेका पाइएको छ । बालश्रम न्यूनीकरण सम्बन्धमा पोखरा उद्योग वाणिज्य संघ अन्तर्गतको सामाजिक विकास केन्द्रद्वारा आयोजित सरोकारवालासँगको अन्तरक्रियामा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सामाजिक विकास केन्द्रका सुपरभाइजर सफल बरालले हाल केन्द्रले किडासालगायत दाताहरूको सहयोगमा बालश्रम न्यूनीकरण, जीविकोपार्जन तथा शिक्षालगायत चारवटा कार्यक्रम सञ्चालन गरिरहेको बताए।

अहिले पोखरामा करिब एक हजार तीन सय ६९ जना बालश्रमिकको पहिचान भएको बताउँदै उनले तीमध्ये पाँच सय ७२ जना विभिन्न वर्कशपमा कार्यरत रहेको जानकारी दिए ।

मोटर तथा मोटरसाइकल वर्कशपमा काम गर्ने अधिकांश बालक भारतीय रहेकाले उनीहरुलाई कामबाट छुटाउन र परिवारको जिम्मा लगाउन नसकिएको बरालले जानकारी दिए । ती बालश्रमिकलाई कार्यस्थलमै पुगेर शिक्षा प्रदान गर्ने गरिएको उनको भनाइ छ ।

सामाजिक विकास केन्द्रका संयोजक एवम् पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनले केन्द्रले विगतदेखि सञ्चालनमा ल्याएको बालश्रम न्यूनीकरण कार्यक्रमकै कारण पोखरामा बालबालिकालाई निकृष्ट प्रकारका श्रममा लगाउने कार्यमा कमी आएको बताए ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले बालश्रम न्यूनीकरणका लागि स्थानीय सरकार बढी क्रियाशील हुनुपर्ने धारणा राखे । साझा सरोकारका विषयमा सरोकारवालाबीच सहकार्य हुनुपर्नेमा उनले जोड दिए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति, महासचिव बलराम आचार्य, पोखरा महानगरपालिका–११ का वडाध्यक्ष प्रेम कर्माचार्यलगायतले बालश्रमको न्यूनीकरणमा सामूहिक प्रयास आवश्यक भएकामा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?