मुम्बई– बलिउड अभिनेता सलमान खान अविवाहित छन् । उनको निजी जीवनलाई लिएर अहिले पनि चर्चा हुने गर्छ । उनको अभिनयका साथै प्रेम सम्बन्धका बारेमा पनि बेलाबेलामा चर्चा भइरहन्छ ।
ऐश्वर्या रायले बिहे गरिसके पनि उनको र सलमान खानको प्रेम सम्बन्धले अहिले पनि चर्चा कमाउँछ । केही समयअघि विवेक ओवरायले गरेको एक ट्वीटले हंगामा मच्चाएको थियो । खासमा सलमान खानले विवेक ओवरायको फिल्मी करिअर नै सिध्याइदिएको चर्चा पनि चल्छ । अब जान्नुस्, ऐश्वर्या विवेक र सलमानबीच के सम्बन्ध थियो ?
जब नजिक थिए सलमान–ऐश्वर्या
‘हम दिल चुके है सनम’ त्यो फिल्म थियो, जसमा सलमान खान र ऐश्वर्या रायको सम्बन्ध राखिएको थियो । सञ्जय लीला भन्सालीको यो फिल्ममा काम गर्दा यी दुई नजिक भएका थिए । पछि यी दुईमा प्रेम बसेको हल्ला चल्यो । पछि समय एउटै रहने । कैयन् रिपोर्टस् बताउँछन् कि, सलमान खानसँग अफेअर चल्दै गर्दा ऐश्वर्याले दूरी बढाइन् । सन् १९९९ मा शुरु भएको प्रेम सम्बन्ध लामो समय चल्न सकेन । सन् २००२ मै यी दुई छुटे । यो विछोडको एउटा कारण विवेक ओबराय पनि थिए ।
जब बीचमा आए विवेक
त्यसपछि ऐश्वर्याको जिन्दगीमा विवेक ओबराय आए । विवेक ओबराय त्यतिबेला कलाकार र दर्शकबीच रुचाइएका पनि थिए । उनले विवेक र ऐश्वर्याले धेरै फिल्ममा सँगै भएर काम पनि गरेका थिएनन् । तर, यी दुवै एकसाथ नजिक भए । तर, त्यो खबर पनि लामो समय टिक्न सकेन ।
अचानक विवेक ओबरायले यस्तो काम गरे, जस कारण सलमान र ऐश्वर्याबीचको सम्बन्ध त बिग्रियो नै । करिअर पनि धरापमा पर्यो ।
पछि ऐश्वर्या रायले सन् २००७ मा अभिषेक बच्चनसँग बिहे गरिन् । अहिले उनकी एक छोरी पनि छिन् । जसको नाम आराध्या हो । विवेक ओबरायले शेयर गरेको मिमपछि बच्चन परिवारबाट भने कुनै प्रतिक्रिया आएको छैन । न त यस बारेमा सलमान खान नै बोलेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया