मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इन्टरनेटको भाषामा एमबीपीएस के हो? यसरी जाँच गर्नुहोस्

काठमाडौँ– प्रविधिको दुनियाँमा इन्टरनेट वा मोबाइल डाटाविना धेरै कामहरु असम्भव जस्तै छन् ।

कतिपय अवस्थामा काम गर्दै गर्दा हाम्रो इन्टरनेटको गति सुस्त भयो भने दिक्क भइन्छ । के तपाईंलाई थाहा छ? जति धेरै एमबीपीएस हुन्छ इन्टरनेट पनि त्यति नै छिटो चल्ने गर्छ ।

अब यहाँ कुरा आउन सक्छ आखिर के होएमबीपीएस भनेको ?  या यसले कसरी काम गर्छ ? आज हामी तपाईंलाई यसबारेमा जानकारी दिँदैछौँ ।

मेगाबाइट्स पर सेकेन्ड अर्थात् (एमबीपीएस) इन्टरनेट ब्यान्डविथको मापन गर्ने एकाइ हो । यसलाई अझ सामान्य भाषामा बुझ्दा यो इन्टरनेट कनेक्सनको डाउनलोड र अपलोड गतिको दर हो ।

यदि तपाईँले कुनै फाइल डाउनलोड या अपलोड गरिरहनुभएको छ त्यसको गतिका आधारमा छिटो या ढिलो हुने गर्छ । यदि तपाईँको इन्टरनेटको गति धेरै छ भने छोटो समयमा नै फाइल डाउनलोड गर्न र अपलोड गर्न सक्नुहुन्छ ।

यदि इन्टरनेट स्लो भयो भनेर बुझ्नुहुन्छ भने त्यसको अर्थ इन्टरनेटमा एमबीपीएस कम छ भन्ने हुन्छ ।

मानौँ कि, तपाईँले कुनै फाइल डाउनलोड या अपलोड गरिरहनुभएको छ तर निकै ढिलो गतिमा काम भइरहेको छ भने तपाईँको इन्टरनेट स्पिड स्लो छ । यसको अर्थ इन्टरनेट प्रोभाइडरले तपाईंलाई कम एमबीपीएसको इन्टरनेट उपलब्ध गराएको छ ।

कतिपय अवस्थामा इन्टरनेट प्रोभाइडरले अपलोड ढिलो हुने तर डाउनलोड छिटो हुने गरी इन्टरनेट उपलब्ध गराइरहेका हुन्छन् । किनकि, धेरै प्रयोगकर्ताले मोबाइल या अन्य उपकरणमा भिडियोहरू हेर्ने, फेसबूक चलाउने गर्छन् । तर अपलोड गर्न खासै आवश्यक नपर्ने भएकाले नेपालमा त अझ डाउनलोड स्पिडका तुलनामा अपलोड स्पिड स्लो हुन्छ ।

इन्टरनेट प्रोभाइडरले तपाईँलाई भनेअनुसारको इन्टरनेट स्पिड उपलब्ध गराए कि गराएनन् भनेर तपाईँले विभिन्न वेबसाइटका माध्यमबाट जाँच पनि गर्न सक्नुहुन्छ । त्यसका लागि तपाईँले फास्ट डटकम, स्पिडटेस्ट डट नेट जस्ता वेबसाइटको सहायता लिन सक्नुहुन्छ ।

त्यसरी चेक गर्दा इन्टरनेट प्रोभाइडरले तपाईँले चाहेको डाउनलोड र अपलोड स्पिड दिएका छन् कि छैनन् भनेर थाहा पाउन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?