मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन गनाउँछ श्वास ?

श्वास पेटमा हुने खराबीका कारण गन्हाउँछ । अर्को कारण हो मुखको सफाइ । मुख गन्हाउने अधिकांश समस्या मुख, गिंजा र दाँतकै समस्याबाट सिर्जित हुन्छन् ।

हामीले खाएका खानेकुरालाई दाँतले टुक्रा–टुक्रा पार्छ र जिब्रोले पन्यूले जसरी चलाएपछि र्‍यालले मुलायम बनाएर निल्न सहयोग गर्छ।

दाँतले त्यसरी खानेकुरालाई टुक्रा-टुक्रा पार्दा दाँतको चेप-चेपमा खानेकुरा अड्किन्छ। त्यसलाई समयमै निकाल्न सकिएन भने हाम्रो भान्साको फोहोर जसरी नै कुहिन्छ र गन्ध फ्याँक्न थाल्छ । त्यही गन्ध नै धेरैको समस्या बन्ने गरेको छ ।

जिब्रोको बाहिरी भागमा टासिने फोहोरका कारण पनि दाँत गन्हाउने समस्या देखा पर्दछ । यसका लागि पनि सरसफाइ नै उपयुक्त बिधि हो। बंगारातिरको दुई दाँतबीचमा ठुलो चेप छ भने पनि त्यहाँ खाना अड्किन्छ। त्यो समयमै निकाल्न सकिएन भने कुहिन्छ र गन्हाउँछ ।

किराले दाँत खाएको छ भने त्यस्ता व्यक्तिको पनि श्वास गन्हाउँछ । दाँत किराले खाएर ठूलो ढाँड बनिसकेका हुन्छन् । त्यो ढाँडमा नजानिँदो पाराले अड्किएका खानेकुरा लामो समयसम्म बसेर गन्ध निकाल्न मद्दत गरिरहेको हुन्छ ।

खैनी, चुरोट आदिको लतका कारणले पनि मुख गन्हाउन सक्छ । लसुन, प्याजजस्ता खानेकुराले पनि श्वास गन्हाउने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?