मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिरहामा १० मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र बाहिरियो

सिरहा– सिरहामा परीक्षा सञ्चालन भएको १० मिनेट नबित्दै एसइईको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको पाइएको छ। 

परीक्षा सुरु भएको १० मिनेटमै नेपाली विषयको प्रश्न पत्र बाहिरिएको हो।

निजी विद्यालयहरूले चिट बनाउन सक्रिय गरेका टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिर निकालिएको थियो।

त्यहाँबाट तस्बिर खिचेर सामाजिक सञ्जाल ह्वाटसएप मार्फत  प्रश्नपत्र  छ्यापछ्याप्ती बनाइएको छ । 

परीक्षा हल वरिपरि फोटोकपी मेसिन सहित चिट बनाउने टोलीहरू सक्रिय रूपमा बसेका छन्। सिरहा जिल्लाभर नै नेपाली विषयको प्रश्नपत्र सामाजिक संजाल मार्फत निजी विद्यालयहरूको हात हातमा पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?