काठमाडौँ – बलिउड अभिनेता तथा काँग्रेस सांसद गोविन्दा शिवसेनामा प्रवेश गरेका छन् ।
उनले बिहीबार मुम्बईमा राज्यका मुख्यमन्त्री एकनाथ शिन्दे र मिलिन्द देवराको उपस्थितिमा पार्टीको सदस्यता लिएका हुन् ।
निर्वाचनको पूर्वसन्ध्यामा उनको यो कदमलाई पुनः चुनाव लड्ने तयारीका रूपमा हेरिदा गोविन्दालाई उत्तर पश्चिम मुम्बईको लोकसभा सिटबाट शिवसेना र एनडीएले उम्मेदवार बनाउन सक्ने बताइएको छ ।
उनी यसअघि सन् २००४ मा उत्तर मुम्बई लोकसभा सिटबाट सांसद थिए । त्यतिबेला उनले भाजपाका वरिष्ठ नेता राम नाइकलाई पराजित गरेका थिए । तर सन् २००९ मा उनले राजनीतिबाट संन्यासको घोषणा गरेका थिए ।
शिवसेनाले उनलाई उठाउन लागेकै क्षेत्रबाट टिकट पाए यो चोटि उनको भिडन्त उद्धव ठाकरे समूहको शिवसेनाका अमोल कीर्तिकरसँग हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया