मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौँ –  त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । 

बिहीबार त्रिभुवन विश्वविद्यालयले पूर्वरजिष्ट्रार प्रा.डा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले समितिलाई ३० दिन भित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । 

परीक्षा नियन्त्रण कार्यालयले २०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय (कोड नं. ४२२) र शिक्षा शास्त्र सङ्काय तर्फको शिक्षाको आधार विषय (कोड नं. ४१२) का उत्तरपुस्तिकाहरू हराएको थियो । 

यस सन्दर्भमा विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित समाचार  र जनमानसमा उत्पन्न चासो तथा चिन्ताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै समिति गठन गरिएको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यही चैत २१ गते उत्तरपुस्तिका हराएका विषयका परीक्षाहरू सञ्चालन हुने गरी सूचना समेत प्रकाशित भइसकेको विश्वविद्यालयले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?