मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक

काठमाडौँ – नेपाल क्रिकेट संघ ‘क्यान’ ले नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको नयाँ तालिका सार्वजनिक गरेको छ ।

आजको लागि तोकिएको टी-२० सिरिजको पहिलो खेल बर्षाले हुननसकेपछि क्यानले नयाँ तालिका सार्बजनिक गरेको हो ।

नयाँ तालिका अनुसार अब नेपाल ए ले मार्च २९, ३० र अप्रिल १ मा आयरल्याण्ड वोल्भ्ससँग टी-२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

टी-२० सिरिज खेल्ने नेपाली ए टिम :

विनोद भण्डारी ‘कप्तान’, लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?