मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सरकारले घोषणा गरेको पुरस्कार राशी ५० प्रतिशत अझै नपाएको कप्तान रोहितको गुनासो

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले घोषणा गरेको पुरस्कार राशी ५० प्रतिशत अझै नपाएको गुनासो गरेका छन् ।

भारतमा मैत्रीपूर्ण टी-२० खेल्न जानु अघि गरिएको बिदाई समारोहमा कप्तान पौडेलले खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई सरकारले यस अघि घोषणा गरेको पुरस्कार राशि अहिलेसम्म ५० प्रतिशत नपाएको गुनासो गर्दै छिट्टै पाउने आशा व्यक्त गरे ।

रोहितले मन्त्री श्रेष्ठलाई भने- ‘हामी सबै सरकारले हामि सबैलाई रिवार्डको रुपमा रकम दिने तोक्नु भएको थियो । तर अहिलेसम्म ५०-६० प्रतिशत मात्र पाएका छौं । त्यस्तै टी-२० विश्वकपमा छनौट भएको पनि सरकारले पुरस्कार रकम घोषणा गरेको छैन, अझै विश्वकप आउन एक महिना बाँकी छ । तपाइँले यो विषयमा हेर्नु हुने छ भन्ने हामीलाई विश्वास छ ।’

नेपाली क्रिकेट टिमले भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी-२० फ्रेन्डसिप कप खेल्दै छ । मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी-२० कप त्रिकोणीय सिरिज हुने छ ।

नेपालले आगामी टी-२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो । नेपाली क्रिकेट टिम भारतबाटै ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कप खेल्न जादै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?