मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नियमित कागती पानी पिउनुहोस्, हुन्छन् यति धेरै फाइदाहरू

सामान्यता कागती सबैको घर,किचनमा उपलब्ध हुने चिज हो । खरिदको हिसाबले पनि सस्तो नै हुन्छ कागती । हामी कागतीलाई विभिन्न परिकारहरूमा मिश्रित गरेर सेवन गर्ने गर्छौ ।

चिया मा हालेर ,अन्य विभिन्न तरकारीहरूमा पनि स्वादिलो बनाउन कागती प्रयोग गर्ने गर्दछौ ।

कागतीलाई हामी ब्युटी टिप्सका रूपमा पनि अनुहार चम्किलो बनाउन प्रयोग गर्ने गर्दछौ । अझ बिशेष गरि अचार बनाउँदा नभई नहुने एक आइटम हो कागती । वास्तवमै कागती बहु उपयोगी र मानव स्वास्थ्यका लागि निकै फाइदाजनक फल हो ।

हाम्रो सामान्य ज्ञान अनुसार कागती पानी खायो भने तौल घटाउन सकिन्छ भन्ने बुझाई छ । तर यति मात्र हैन कागतीका अन्य निकै लाभदायी फाइदाहरू पनि रहेछन् ।

जुन यस प्रकार रहेका छन् ।

-कागतीमा भिटामिन ‘सी पर्याप्त मात्रामा पाइने भएकाले यसको सेवनले छाला स्वस्थ र चम्किलो हुन्छ ।

-शरीरमा स्फूर्ति पनि बढ्छ र तौल घटाउन सहयोग पनि गर्छ ।

-कागती पानीले शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।

– घुँडा र जोर्नीहरूको पीडा कम गर्छ साथै युरिक एसिडलाई विघटित गरिदिन्छ ।

-कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।

-हरेक दिन कागती पानी पिएमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन साथै कागती पानीको नियमित सेवनले पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत गर्छ ।

-कागती भिटामिन ‘सी’को प्रमुख स्रोत हो । यस भिटामिनले प्रतिरक्षा प्रणालीको कमजोरी हटाउन मद्दत गर्छ नै रक्तसञ्चारसँग जोडिएका समस्या, आँखाको समस्याबाट बच्न पनि योगदान गर्छ ।

-खाली पेटमा कागती पानी पिएमा शरीरबाट विषालु पदार्थ निष्कासनमा सहयोग पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?