काठमाडौँ – काठमाडौँ उपत्यकामा वर्षा हुने क्रम जारी छ ।
जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ सहित कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौँ उपत्यकामा मध्यरातदेखि नै वर्षा भइरहेको हो। सिमसिम वर्षा हुने र रोकिने यो क्रम आज दिनभर नै चल्ने उनको भनाई छ ।
अर्थात् आज पनि दिनभर नै उपत्यकाको मौसम खुल्ने सम्भावना देखिएको छैन। यो क्रम अझै २–३ दिन जारी रहने उनले जानकारी दिए ।
तीन – चार दिनयता देशभरजसो नै मौसम बदली र वर्षा हुने क्रम जारी छ। योसँगै काठमाडौँ उपत्यकाको मौसम पनि खुल्न सकेको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया