काठमाडौँ – हलिउडको चर्चित फिल्म ‘टाइटानिक’को ढोका साढे नौ करोडमा लिलामी भएको छ ।
२६ वर्षअघि रिलिज भएको निर्देशक जेम्स क्यामरुनको यो फिल्ममा लियोनार्डो डिक्याप्रियोले ज्याक डसनको मुख्य भूमिका निभाएका थिए भने केट विन्सलेटले रोज डासनको मुख्य भूमिका निभाएकी थिइन् ।
टाइटानिक डुबेपछि रोजले काठको ढोकाको सहायताले आफ्नो जीवन बचाउँछिन् ।
फिल्ममा प्रयोग गरिएको यो ढोका लिलामीमा राखिएको थियो । जो ७ लाख १८ हजार ७५० डलर अर्थात् करिब ९ करोड ५८ लाख रुपैयाँमा बिक्री भएको थियो ।
त्यस्तै रोजको भूमिका निभाएकी अभिनेत्री केट विन्सलेटले लगाएको शिफन पोशाक पनि कार्यक्रममा लिलामी भएको थियो । यो १ लाख २५ हजार डलर अर्थात् लगभग १.६ करोड रुपैयाँमा बेचेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया