मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज विश्व रंगमञ्च दिवस मनाइँदै

काठमाडौँ –  विभिन्न कार्यक्रम गरी आज विश्व रङ्गमञ्च दिवस मनाइँदै छ। यो वर्ष दिवसको नारा ‘रङ्गमञ्च र शान्तिका लागि संस्कृति’ छ। 

सन् १९६१ मा अन्तर्राष्ट्रिय रङ्गमञ्च इन्स्टिच्युटले यो दिवसको अवधारणा ल्याएपछि १९६२ देखि हरेक वर्षको मार्च २७ मा विश्व रङ्गमञ्च दिवस मनाउन थालिएको हो । 

रङ्गमञ्च कलाको सार, सौन्दर्य र महत्त्व, मनोरञ्जनमा तिनीहरूको महत्त्वपूर्ण भूमिका र रङ्गमञ्चले जीवन मा पारेको प्रतीकात्मक प्रभावलाई लिएर यो दिवस मनाइन्छ । 

अहिले फिल्म क्षेत्रमा समेत यसै क्षेत्रबाट गएका कलाकार हाबी हुँदा नेपाली रङ्गमञ्चमा युवा पुस्ताको आकर्षण पनि बढ्दो छ । तर उनीहरूको आर्थिक अवस्थामा भने सुधार आउन सकेको छैन ।

नाटकमा अभिनय गरेर मात्रै गुजारा चलाउन कठिन भएको रंकर्मीहरुले अनुभव सुनाउँदा रङ्गमञ्च अभिनय सिक्ने ठाउँमै सीमित भएको आरोप समेत छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?