मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाली महिला क्रिकेट टिमले एशिया कप खेल्ने

काठमाडौँ – नेपाली महिला क्रिकेट टिम एशिया कप खेल्ने भएको छ । मंगलबार एसियाली क्रिकेट काउन्सिल ‘एसीसी’ ले आगामी महिला एसिया कप २०२४ को घोषणा गरेको छ । जसमा नेपाललाई समावेश गरेको छ ।

महिला एशिया कप जुलाई १९ देखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा हुने तय भएको छ । प्रतियोगिताको यो संस्करण आठ देश सहभागी हुने छन् ।

भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्याण्डलाई एशिया कप खेल्न दिने निर्णय गरको हो ।

एसीसीले क्रिकेटमा समावेशीता र समानताका लागि महिला एसिया कप २०२४ ले सबै महिला रेफ्री र अम्पायरहरू हुने परम्परालाई निरन्तरता दिने बताएको छ ।

एशिया कपमा नेपाल समुह ए मा रहेको छ । नेपाल भारत, पाकिस्तान र युएईसँगै समुह ए मा रहेको छ भने समुह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल एसियाकपको उदघाटनकै दिन जुलाई १९ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने दोस्रो खेल जुलाई २१ मा युएईविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका एसीसीले सार्बजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?