मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पत्रकार तामाङलाई ‘साधना महिला पत्रकारिता सम्मान’

काठमाडाैँ- पत्रकार शान्ति तामाङलाई ‘साधना महिला पत्रकारिता सम्मान’ बाट सम्मानित गरिएको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबूले सोमवार ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पत्रकारितामा क्रियाशील महिला पत्रकारहरुलाई सम्मान गरेको हो ।

उपप्रधान तथा स्वास्थ्य जनसंख्या मन्त्री उपेन्द्र यादवले तामाङलाई सम्मानपत्रसहित सम्मान गरे । २०७० सालबाट रेडियो सगरमाथा मार्फत् पत्रकारिता शुरु गरेकी धादिङ, धुनिवेशीकी उनी नेपालखबर, सेतोपाटी हुँदै हाल नयाँ पत्रिकामा दैनिकमा आवद्ध छिन् ।

कार्यक्रममा तामाङसहित पत्रकारहरु भगवती तिमल्सिना, पवन वर्षा शाह, रिता महर्जन, यलु जोशी र सुनी बनेपाली सम्मानित भएका छन् । नेपालको पहिलो पत्रकार महिला साधना प्रधानको नाममा स्थापित पुरस्कार पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान दिने महिलालाई प्रदान गरिँदै आएको छ ।

‘साधना महिला पत्रकारिता सम्मान’को यो आठौँ संस्करण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?