मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

धेरै मोबाइल चलाउँदा स्वास्थ्यमा देखिन्छन् यस्ता असर, कसरी बच्ने ?

काठमाडौँ– मोबाइल सूचना आदानप्रदान गर्ने एक प्रमुख साधन हो । यसको अत्यधिक प्रयोगको कारणले मानव स्वास्थ्यमा समेत असर पर्न सक्छ ।

अहिलेको युवापुस्तामा मोबाइलको लत नराम्रोसँग परिरहेको छ । योसँगै मोबाइलका कारण हाम्रो स्वास्थ्यमा धेरै असरहरू परिरहेका हुन्छन् । जसको बारेमा धेरै मानिसहरूले ख्याल गर्ने गरेका हुँदैनन् ।

आज हामी तपाइलाई मोबाइल फोनका कारण मानव स्वास्थ्यमा पर्ने असर र तिनबाट छुटकारा पाउने उपायका बारेमा जानकारी दिँदै छौँ । 

धेरै मोबाइल चलाउँदा हाम्रो स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर 

– स्मरण शक्तिमा असर 

– धेरै मोबाइल फोन चलाउँदा टाउको दुख्ने, गर्धन तथा ढाड दुख्ने समस्या । 

– गम्भीर नेत्र रोग वा अन्धोपनको जोखिम 

– मोबाइलको स्क्रिनबाट निस्कने प्रकाशको सम्पर्कमा रहँदा छालामा ‘हाइपर पिङमेन्टेसन’ का साथै बूढोपनको समस्या 

– स्मार्टफोनको प्रयोगले बच्चाको मानसिक विकास क्रममा असर

यसरी बच्न सकिन्छ, यस्ता समस्याबाट  

– मोबाइल चलाएर धेरै समय नबिताउने ।

– मोबाइलको लतलाई गम्भीर समस्याका रूपमा स्वीकार गर्ने । 

– अन्य  मानिसहरू तथा परिवारसँग धेरैभन्दा धेरै समय बिताउने कोसिस गर्ने ।

– लामो दुरीको यात्रामा जाने, किताब पढ्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?