मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चीनले लगायो इन्टेल र एएमडी प्रोसेसरमाथि प्रतिबन्ध

काठमाडौँ – चीनले आफ्ना सरकारी कम्प्युटर र सर्भरहरूमा एएमडी र इन्टेलबाट अमेरिकी प्रोसेसरहरू प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । 

फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार चीनले प्रस्तुत गरेको नयाँ गाइडलाइनमा यस्तो व्यवस्था गरिएको हो ।

नयाँ नियमले माइक्रोसफ्ट विन्डोज र विदेशी डाटाबेस उत्पादनहरूलाई पनि रोक्ने छ ।

यसलाई चीन र अमेरिकाबीच लामो समयदेखि चलिरहेको प्राविधिक व्यापार युद्धको पछिल्लो कदमको रुपमा लिइएको छ।

नयाँ नियम डिसेम्बरमा पेस गरिएको र हालसालै चुपचाप लागू गरिएको छ। यसले इन्टेल र एएमडीमा महत्त्वपूर्ण प्रभाव पार्नेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?