मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खतिवडाको हिन्दी गीतिसङ्ग्रह ‘कैसा मन मस्ताना प्यारे’ प्रकाशित

काठमाडाैँ- गीतकार डा.हेमन्त खतिवडाको हिन्दी गीतिसङ्ग्रह ‘कैसा मन मस्ताना प्यारे’ प्रकाशित भएको छ । यसमा विशेष गरेर प्रेमको रोमान्टिक विषयलाई समेटिएकाे छ ।

कृतिमा दुई शय वटा हिन्दी गीतहरु रहेका छन् । गीतहरु प्रेम गीतको प्रचलित परम्परा भन्दा फरक किसिमले लेखिएकाे गीतकार खतिवडाले बताए ।

गीतकार खतिवडा भन्छन् ‘प्रेम भनेको सतही विषय नभई, यसको आफ्नै दर्शन छ र प्रेम गीतलाई पनि म दर्शन सँग जोडेर हेर्छु र लेख्न रुचाउँछु ।’ ओम प्रकाशन दिल्ली ले प्रकाशन गरेको यस कृति भारतीय पाठकहरुबिच समेत लोकप्रिय हुने अपेक्षा गरिएको छ ।

गीतको बनोट र प्रस्तुतिका जुन तरिका छन् ती कलात्मक र बिम्वात्मक छन् । सरल शब्द र गम्भीर भावका उनका गीतहरुमा प्रेमको मनोविज्ञान अनौठो तबरले घुलित भएका छन् । खतिवडाका यसअघि थुप्रै गीत बजारमा सार्वजनिक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?