काठमाडौँ – हुन त मोटोपना अहिले रोगको कारण नै बन्दै गएको छ । तर समस्या मोटो व्यक्तिलाई मात्रै होइन, पाठ पढाउने मानिसहरूको बानिले दुब्लो पातलो हुन पनि सजिलो छैन ।
फलतः मोटाउनेहरू ज्यान घटाउने प्रयास गरिरहँदा अरूकै आलोचनाका कारण पनि दुब्ला व्यक्तिहरू चिन्तित हुन्छन् ।
दुब्लो भएका व्यक्तिलाई मोटो व्यक्तिमा जस्तो रोग नदेखिए पनि समाज र साथीभाइको ‘किन दुब्लाएको ?’ भन्ने प्रश्नले दिक्क भएर पनि मोटाउने रहर जागिरहेको हुन्छ ।
दुब्लोपनको कारण के हो ?
दुब्लोपनको विभिन्न कारणहरू छन् । पोषणविद् अतुल उपाध्यायका अनुसार गर्भावस्थामा आमालाई पौष्टिक तत्त्व नपुगेमा दुब्लो तौल भएको शिशु जन्मन्छन् ।
सामान्यतया साढे दुई केजी भन्दा कम तौल भएको शिशु जन्मिएका उसलाई दुब्लो शिशु भन्न सकिन्छ । यस्तै जन्मिएपछि आमाको दूध कम भएमा पनि बालबालिकाको तौल घट्छ । आमाको दूध पर्याप्त नहुँदा बालबालिकाको रोगसँग लड्ने क्षमता कम हुन्छ र दुब्लाउँछन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको एक रिपोर्टमा पछिल्लो समय जंग फुडका कारण पनि बालबालिका दुब्लाउँदै गएका छन् ।बालबालिकामा पोषणको कमी भएका उनीहरू दुब्लो हुन्छन् ।
युवायुवती किन दुब्लाउँछन् ?
पछिल्लो समयमा मानिसले आफ्नो स्वास्थ्य र खानपानलाई भन्दा काम र पैसालाई धेरै माया गर्न थालेका छन् ।
पोषणविद् उपाध्यायका अनुसार मानिसहरूले पोषणतत्व मिलेको खाना भन्दा पनि भोक टार्न अघाउने खाना मात्रै खान थालेका छन् । जसले गर्दा शरीरलाई चाहिने क्यालोरी नपुग्दा युवायुवतीहरू दुब्लाउँदै गएका छन् ।
सामान्यतया वयस्क व्यक्तिलाई दैनिक १८ सय देखि २ हजारसम्म क्यालोरी चाहिन्छ । दैनिक खाने खानमा उक्त परिमाणको क्यालोरी प्राप्त गर्न भएन भने मानिस मोटाउन सक्दैन ।
मोटो हुँदा मात्रै होइन दुब्लो व्यक्तिमा पनि समस्याहरू आउँछ । उचाइ अनुसारको तौल नभएको व्यक्तिमा क्यान्सर देखि टिभी र एचआइभी समेत भएको हुनसक्ने पोषणविद् उपाध्याय बताउँछन् ।
पोषणविद् उपाध्यायका अनुसार दुब्लो व्यक्तिमा यस्तो समस्या देखिन्छ
–शारीरिक रूपमा कमजोर हुन्छन्,
–दैनिक रूपमा सहज रूपमा काम गर्न सक्दैनन्,
–इन्फेक्सनको खतरा हुनसक्छ,
–शरीरमा रोग हुनसक्छ,
–भोक लाग्दैन,
–पेट सम्बन्धी रोग लागेको हुनसक्छ,
–क्यान्सर भएको हुनसक्छ,
–जुका, टिभी, एचआइभी भएको हुनसक्छ,
कसरी मोटाउने ?
– क्यालोरी पर्याप्त भएका खाना मात्रा मिलाएर खाने,
–प्रोटिन भएको खाना नियमित खाने,
–कार्बोहाइड्रेट युक्त खाना खाने,
–दिनको ३ छाक खाने,
–फ्याट भएको दूध खाने,
– स्वस्थ र गुणस्तरीय खाना खाने,
– चिज, आलु, फापर खाने,
– माछा, मासु खाने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया