काठमाडौँ– गुगल हाम्रो दैनिकीको अभिन्न हिस्सा बनिसकेको छ । केही दशक पहिले सम्म अस्तित्वमै नभएको गुगल कसरी सुरुवात भएको थियो भन्ने बारेमा कहिल्यै सोच्नुभएको छ रु यदि सोच्नुभएको छैन भने आज हामी तपाइलाई विश्वकै सबैभन्दा ठुलो सर्च इन्जिन गुगलको इतिहासबारे सामान्य जानकारी दिनेछौ ।
यसरी सुरु भएको थियो गुगल :
केही दशक पहिले मात्र सुरु भएको गुगलको सुरुवाती नाम ‘ब्याक रब’ थियो । अमेरिकाको स्टान्डफर्ड युनिभर्सिटीमा कम्प्युटर साइन्समा पिएचडी अध्ययन गरिरहेका दुई जना विद्यार्थी ल्यारी पेज र सेर्गी ब्रिनले यो नाम राखेका थिए ।
पछि ल्यारी पेज र उनका साथी सेर्गी ब्रिनलाई सर्च इन्जिनका लागि छुट्टै डोमेन बनाउनुपर्छ भन्ने महसुस भयो । सन् १९९७ तिर ल्यारी पेजका साथी सिन एडर्सले डोमेन नेम गुगोलप्लेक्स राख्न सुझाव दिए । जसको अर्थ १० को पछाडि १०० भन्ने हुन्छ ।
तर ल्यारी पेजलाई गुगल नाम चित्त बुझ्यो । र उनले उक्त डोमेन नेम आफू र आफ्ना साथी ब्रिनको नाममा १५ सेप्टेम्बर १९९७ मा दर्ता गरे । त्यसको झन्डै एक वर्षपछि आधिकारिक रूपमा गुगल कम्पनीका रूपमा स्थापित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया