मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के तपाईको मोबाइलमा ब्याट्री टिक्दैन, यस्ता छन् जोगाउने तरिका

काठमाडौं – मोबाइल खरिद गर्दा ध्यान दिनुपर्ने एउटा कुरा ब्याट्री पनि हो । मोबाइलको ब्याट्रीलाई असर पार्ने विभिन्न कुराहरुको बारेमा आज हामी तपाईंलाई बताउँदै छौं । ब्याट्रीलाई मोबाइलका हार्डवेयर तथा सफ्टवेयरहरु धेरै कुराले असर गर्छ ।

मानिसहरू जथाभावी चार्जर प्रयोग गर्छन् । तर, यसले मोबाइलको ब्याट्रीको आयु घटाउन सक्छ । त्यसैले तपाईंको मोबाइल जुन कम्पनीको हो, त्यही कम्पनीको चार्जर मात्रै प्रयोग गर्नुपर्छ ।

मोबाइल धेरैबेर चार्ज नगर्नुहोस् । पावर बैंकबाट मोबाइल चार्ज गर्दा ब्याट्री छोटो समयमै ड्यामेज हुने सम्भावना रहन्छ । मोबाइललाई पानीबाट जोगाउन जरुरी हुन्छ । पानीले ब्याट्री मात्रै नभएर पूरै फोन नै बिगारिदिन सक्छ ।

ब्याट्री २० प्रतिशतभन्दा कम हुन नदिनुस् । ८० प्रतिशत चार्ज भइसकेपछि चार्जरलाई निकाल्नुस् । सामान्यतया तीन घन्टा मोबाइल चार्ज गर्दा हुन्छ । यस्तो हुँदा ब्याट्री चाँडै ड्यामेज हुने जोखिमबाट बच्न सकिन्छ ।

मोबाइल चलाउँदा ब्राइटनेस कम गर्ने वा अटो ब्राइटनेस अप्सन प्रयोग गर्नाले मोबाइलको ब्याट्री कम खपत हुन्छ । त्यस्तै, ब्याकग्राउन्ड एप्सहरू बन्द गर्दा पनि ब्याट्री धेरै समय टिक्छ । ब्याट्री लामो समय टिकाउन ब्लुटुथ र वाइफाइ पनि आवश्यक नपरेको समय बन्द गर्नुपर्छ ।

मोबाइलमा ब्याट्री सेभर मोड एक्टिभेट गरेर पनि पावर सेभ गर्न सकिन्छ । डार्क थिम इनेबल गर्दा पनि कतिपय स्क्रिनहरूमा पावरको खपत कम हुन्छ र ब्याट्री लामो अवधि टिक्छ । नोटिफिकेसनहरूलाई आवश्यक नभएको समय अफ गर्न सकिन्छ ।

मोबाइलका एपहरूलाई पनि अपडेटेड राख्नुपर्छ । डेभलपरहरूले ब्याट्रीको प्रभावकारिता बढाउने गरी यसलाई अप्टिमाइज गरेका हुन्छन् । मोबाइललाई धेरै चिसो वा अत्यधिक तातो स्थानमा राख्नुहुँदैन, यसले ब्याट्री बिगार्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?