मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शाहरुख र सञ्जयले छोडेको फिल्म किन खेले अरबाजले ?

काठमाडौँ – फिल्मी दुनियाँमा एउटाका लागि अफर भएर अर्कैको हातमा फिल्म पुगेको घटनाहरू भई रहन्छन् ।

बलिउडमा पनि यस्ता धेरै फिल्म छन् जहाँ निर्माता र निर्देशकको पहिलो रोजाइले अस्वीकार गरेका थिए । त्यही फिल्मबाट अरूको भाग्य चम्किएको उदाहरणकाबीच ‘सुपरफ्लप’ भएका घटना समेत नौलो छैन ।

यसै सन्दर्भमा ऋषि कपुर र जूही चावलाको फिल्म ‘दरार’को एउटा रोचक किस्सा छ । यस फिल्मको भिलेनका लागि धेरै कलाकारसँग कुराकानी भएको थियो ।

शाहरुख खान निर्माताको पहिलो रोजाई थिए । तर ‘टाइपकास्ट’को चक्करमा उनले यसलाई अस्वीकार गरे । त्यसपछि सञ्जय दत्तलाई यसका लागि अफर गरिए पनि उनले पनि चासो देखाएनन् ।

अन्ततः निर्माता सलमान खानका भाई अरबाज खानलाई अफर गर्न पुगे भने उनले तत्काल यसलाई स्वीकारे ।

भनिन्छ यो उनको बाध्यता थियो । किनभने यो समय उनीसँग कुनै अर्को दोस्रो फिल्म नै थिएन । यो फिल्म बक्सअफिसमा फ्लप बने पनि अरबाजको अभिनयको चर्चा भयो भने उनले यो फिल्मबाट अवार्ड समेत जितेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?