मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गुगल एडसेन्सवाट घरमै बसेर यसरी कमाउन सकिन्छ 

काठमाडौँ– के तपाइलाई गुगल एडसेन्सको बारेमा थाहा छ ? गुगल एडसेन्स एक विज्ञापन नेटवर्क हो । जसको माध्यमबाट विज्ञापनदाता र प्रकाशकहरूले पनि पैसा कमाउन सक्छन् ।  

आज हामी तपाइलाई गुगल एडसेन्सले कसरी काम गर्छ भन्ने बारेमा जानकारी दिनेछौँ । 

लोकप्रिय सर्च इन्जिन गुगलले विज्ञापनकर्ताहरूबाट विज्ञापन प्राप्त गर्न गुगल विज्ञापन बनाएको छ । गुगलमा विज्ञापन गर्न चाहने कुनै व्यक्ति वा संस्थाले गुगल विज्ञापनमा रजिस्टर गर्नुपर्छ । जसबापत विज्ञापनदाताले गुगललाई त्यसको पेमेन्ट पनि गर्नुपर्छ ।

त्यसपछि उक्त विज्ञापन युट्युब भिडियो र वेबसाइटहरूमा देखिन्छ । जसबापत गुगलले प्रकाशकलाई पनि पेमेन्ट दिन्छ । एडसेन्सले चाही तपाईँले पहिला खोजी गरेको डाटाको आधारमा विज्ञापन दिने गर्छ ।

गुगल एडसेन्सबाट वेबसाइट वा ब्लग गरेर वा युट्युब भिडियोहरू मोनिटाइज गरेर पैसा कमाउन सकिन्छ । 

तपाईंलाई ब्लगीङ्गको प्रयोग गरी एडसेन्सबाट पैसा कमाउनु सजिलो काम हो । तपाइले ब्लग स्पटमा निःशुल्क ब्लग पनि बनाउन सक्नुहुन्छ तर तपाइलाई  दीर्घकालीन रूपमा ब्लगीङ्ग गर्छु भन्ने लाग्छ भने डोमेन किनेर सुरु गरेको राम्रो हो ।

ब्लग बनाएपछि तपाइले एडसेन्स सर्तहरू अनुसार जब तपाईँको वेबसाइट छ भने एडसेन्सको लागी साइन अप गर्न सक्नुहुन्छ ।

गुगल एडसेन्स टिमले तपाईँको ब्लग राम्रोसँग जाँच गरिसकेपछि एडसेन्स पोलिसी अनुसार भएमा स्वीकृति प्रदान गर्छ । यदि स्वीकृत भयो भने तपाइले एडसेन्सको कोड आफ्नो ब्लगमा राखेर आम्दानी गर्न सक्नुहुन्छ । 

जब तपाइको एडसेन्स खातामा १०० डलर वा सो भन्दा बढी भएपछि महिनाको २१ देखी २६ तारिख भित्रमा दिइएको ठेगानामा गुगलले पैसा पठाइदिने गर्दछ ।

यस्तै युट्युब मार्फत एडसेन्सबाट पैसा कमाउनको लागि, युट्युब च्यानल बनाउनुपर्छ । यदि तपाईँ युट्युबको वेबसाइटमा गएर गुगल खाताले लगइन गर्नुभयो भने, तपाईँको युट्युब च्यानल तयार हुनेछ।

युट्युब च्यानल बनाएपछि, तपाईँले भिडियोहरू बनाइ अपलोड गर्नुपर्छ । जब तपाईँको युट्युब च्यानलमा एक हजार सदस्य र चार हजार घण्टाको समय सीमा पार गरेपछि तपाइको च्यानल मोनिटाइज हुन्छ ।

युट्युबलाई मोनिटाइज गर्न तपाईँको च्यानलको सेटिङमा गएर गर्न सकिनछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?