मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काँग्रेसबाट चुनाव लड्ने तयारीमा बलिउड अभिनेत्री स्वरा भास्कर

काठमाडौँ – बलिउड अभिनेत्री स्वरा भास्कर काँग्रेसबाट लोकसभा चुनाव लड्ने तयारीमा लागेकी छिन् । 

समाचार अनुसार काँग्रेस मुम्बईले स्वरालाई लोकसभाको टिकट दिने योजना बनाएको छ ।

राजनीतिक पृष्ठभूमिकै भएका कारण स्वरा राजनीतिमा आउने चर्चाकाबीच यो खबर बाहिरिएको हो ।

जसबारे काँग्रेस र स्वराबाट कुनै प्रतिक्रिया नआए पनि स्वरा निकटले भने यो खबरको पुष्टि गरेका छन् ।

काँग्रेसले स्वरालाई मुम्बईको उत्तर–मध्य सिटबाट लोकसभाको टिकट दिने तयारी गरेको छ । यो सिटमा बिजेपीकी पुनम महाजन सांसद छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?