मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के तपाईं राति १२ बजेसम्म खाना खानुहुन्छ ? होसीयार !

काठमाडौं-व्यस्त जीवनमा, मानिसहरूलाई समय पाउन धेरै गाह्रो हुन्छ। यस्तो अवस्थामा धेरैले अफिसको काम वा घरायसी कामका कारण राति १२ बजेदेखि १ बजेसम्म खाना खान्छन् ।

तर के तपाईलाई थाहा छ राति अबेरसम्म खाना खाँदा हाम्रो शरीरलाई धेरै हानी हुन्छ । आज हामी तपाईलाई बताउछौँ कि राति अबेरसम्म खाना खाँदा तपाईलाई धेरै रोग लाग्न सक्छ ।

राति अबेरसम्म खाना खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्छ । जसका कारण कब्जियत, ग्यास, उच्च रक्तचाप, चिनी, मोटोपना, मुटुरोग जस्ता गम्भीर रोग लाग्ने सम्भावना रहन्छ । मानिसहरु राति अबेरसम्म खाना खाएर ओछ्यानमा पल्टिन्छन्, यसले मोटोपना बढाउँछ र पाचनमा पनि समस्या निम्त्याउँछ ।

राति अबेरसम्म लगातार खाना खाँदा पनि बीपी, कोलेस्ट्रोल वा मधुमेह जस्ता खतरनाक रोग लाग्न सक्छ । यति मात्र होइन, यसले निद्रा नपुग्ने जस्ता समस्या निम्त्याउँछ । राति ढिलो खाना खाँदा अर्को दिन टाउको दुख्ने, एसिडिटीजस्ता समस्या हुनसक्छ । यसबाहेक यो मस्तिष्कका लागि निकै हानिकारक मानिन्छ ।

ढिलो खाना खाने मानिसमा मस्तिष्कसम्बन्धी रोग लाग्ने सम्भावना पनि बढ्छ । यी सबै रोगबाट बच्नका लागि सबैभन्दा पहिले राति अबेरसम्म खाना खान बन्द गर्नुपर्छ ।

यसबाहेक, तपाईंले हरेक दिन रातको खाना ९ बजे अघि खाने प्रयास गर्नुपर्छ। बेलुकाको खानामा क्याफिन र अल्कोहलबाट बच्नुपर्छ। मध्यरातमा भोक लागे पनि हल्का खाना खानुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?