मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गर्मी मौसममा शरीरलाई फाइदा गर्ने यी १० फलफूल

गर्मीमा हाइड्रेटेड रहनु निकै महत्त्वपूर्ण हुन्छ । गर्मीमा हाइड्रेटेड रहन फलफूलहरू खानु सबैभन्दा उत्तम तरिका हो ।

फलफूलहरूले तत्काल ऊर्जा प्रदान गर्दछ र थकान कम गर्न मद्दत गर्दछ । फलफूलले शरीरलाई हाइड्रेटेड राख्छ ।

यसकारण गर्मी महिनामा केके फलफूल खाने भन्ने विषयमा आज हामी तपाईँलाई जानकारी गराउँछौ । 

आँप

आँपकै कारण गर्मी मन पराउने मानिसहरू धेरै छन् । आँप क्यालोरीमा उच्च भएता पनि पोषक तत्त्वको एक धनी स्रोत हो । आँपलाई ‘फलफूलको राजा’ मानिन्छ । यसमा फाइबर, २० प्रकारका खनिज र भिटामिन पाइन्छ ।

फाइबरले पाचनमा मद्दत गर्छ र पेट भरि राख्न मद्दत गर्छ । आँपमा भिटामिन ए, सी र पोटासियम पनि प्रशस्त पाइन्छ ।

मेवा

गर्मीमा खान सकिने अर्को फल हो मेवा । मेवामा भिटामिन ए, सी, फोलेट र विभिन्न फाइटोकेमिकल्स जस्ता पोषक तत्त्वहरू हुन्छन् यसले अपच कम गर्न पनि मद्दत गर्दछ । मेवा बिटा क्यारोटिनको राम्रो स्रोत पनि हो ।

यसले छालाको क्षतिलाई रोक्छ । मेवामा एन्टिअक्सिडेन्ट पनि राम्रो मात्रामा हुन्छ र यसले क्यान्सर र गम्भीर हृदय रोगहरूबाट बचाउन मद्दत गर्दछ ।

स्ट्रबेरी

स्ट्रबेरीलाई छालाको समस्या, दाँत सेतो पार्ने र पाचन समस्याका लागि प्रयोग गरिन्छ । स्ट्रबेरीमा फाइबर, भिटामिन सी र म्यांगनीज पनि प्रशस्त हुन्छ ।

स्ट्रबेरीमा फोलेट र पोटासियमको पर्याप्त मात्रा पनि पाइन्छ । गर्मीमा स्ट्रबेरी खाँदा छाला र स्वास्थ्य समस्याबाट बच्न सकिन्छ ।

अङ्गुर

अङ्गुर गर्मीमा सजिलै पाइने फल हो । यो पोटासियमको एक धनी स्रोत हो । उच्च कोलेस्ट्रोल भएकाले समेत अङ्गुर खानु राम्रो मानिन्छ । अङ्गुरले मुटुलाई स्वस्थ राख्छ ।

अङ्गुरले धेरै भाइरल इन्फेक्सनलाई पनि रोक्छ र आँखाको क्षयलाई रोक्छ । यसले अपच कम गराउँछ र स्तन क्यान्सरसँग लड्न मद्दत गर्छ ।

लिची

लिची र आँप गर्मीमा मात्र पाइने दुई फल हुन्। लिची पोटासियम, पोलिफेनोल र भिटामिनको ठुलो स्रोत हो जसले शरीरलाई धेरै फाइदा गर्छ । एन्टिअक्सिडेन्टले भरिपूर्ण लिचीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

किवी

किवी सबैभन्दा पोषक तत्त्वले भरिएको फल हो । यसमा भिटामिन ए, सी, र बी ६,  म्याग्नेसियम र फलाम पाइन्छ । किवीले रगतमा हेमोग्लोबिनको मात्रा र शरीरमा क्षारीय सन्तुलन कायम राख्न मद्दत गर्छ ।

किवीले निद्रा सम्बन्धी समस्याहरू पनि मद्दत गर्दछ । यो हृदय, छाला, कपाल र कलेजोको लागि फाइदाजनक छ ।

भूइँकटहर

भूइँकटहर गर्मीमा सबैभन्दा धेरै रुचाइने फल मध्य एक हो । भूइँकटहरले मेटाबोलिज्म बढाउन मद्दत गर्दछ । यसले उच्च रक्तचापका बिरामीलाई समेत फाइदा गर्छ ।

आलुबखडा

आलुबखडामा प्रशस्त पौष्टिक तत्त्व पाइन्छ । यसमा फाइबर र सोर्बिटोल हुन्छ जसले कब्जियत र अन्य पाचन सम्बन्धी समस्याहरूलाई कम गर्न मद्दत गर्छ ।

आलुबखडाले रक्तचापको स्तरलाई कायम राखेर र स्ट्रोकबाट जोगाएर मुटुलाई स्वस्थ राख्छ । आलुबखडाको सेवनले स्तन क्यान्सर र टाइप–२ मधुमेहको जोखिम कम गर्छ ।

तरबुजा

तरबुजा बिना गर्मी मौसम अधुरो जस्तै छ । यो गर्मी मौसममा खाइने सबैभन्दा राम्रो र चिसो फल हो । तरबुजा स्वस्थ र सस्तो पनि हुन्छ । यो पानी सँगै भिटामिन ए र सी को पनि राम्रो स्रोत हो ।

भिटामिन ए ले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र आँखाको लागि राम्रो गर्छ । भिटामिन सीले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

तरबुजामा भिटामिन बी ६ र पोटासियम पनि हुन्छ । पोटासियमले शरीरमा पानीको सन्तुलन कायम राख्छ भने भिटामिन बी६ ले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

पोटासियमले मांसपेशी दुख्नबाट पनि बचाउँछ र मुटुलाई पनि स्वस्थ राख्छ । तरबुजा खाँदा छालालाई घामको किरणबाट हुने क्षतिबाट बच्न समेत मद्दत गर्छ ।

अम्बा

अम्बा गर्मीमा स्वास्थ्यलाई फाइदा गर्ने फल हो । अम्बा मधुमेह रोगीहरूको लागी राम्रो छ । यसले रगतमा चिनी र इन्सुलिनको स्तर सन्तुलित राख्न मद्दत गर्छ । यसमा घुलनशील फाइबर र पोटासियमको उच्च सामग्री हुन्छ ।

दिनको एउटा अम्बाले मेटाबोलिज्म, अनुहार, आँखाको ज्योति र मानसिक स्वास्थ्यमा सुधार ल्याउन सक्छ। महिनावारीको दुखाइ कम गर्न अम्बा पनि खान सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?