काठमाडौँ– सुनको मूल्य प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएको छ ।
बुधवारको तुलनामा बिहीवार प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएर छापावाला सुन प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार २०० रुपैयाँमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बुधवार छापावाला सुन प्रतितोला १ लाख २५ हजार २०० र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य बिहीबार प्रतितोला १ हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया