मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राम चरणको फिल्मले रिलिज नहुँदै कमायो सय करोड भन्दा बढी

काठमाडौँ – दक्षिण भारतीय सुपरस्टार राम चरण आगामी फिल्म ‘गेम चेन्जर’ का कारण चर्चामा छन् ।

यो फिल्ममा उनीसँगै कियारा आडवाणी समेत देखिने छिन् । यो फिल्मको अहिले रिलिज मिति समेत घोषणा भएको छैन तर १०० करोड भन्दा माथि कमाई गरिसकेको छ । 

रिपोर्टहरुका अनुसार ओटीटी प्लाटफर्म प्राईम भिडियोले यसको ओटीटी राईट्स खरिद गरेको छ । यसका लागि प्राईम भिडियोले १०५ करोड खर्च गरेको रिपोर्ट बताइएको छ ।

जुन साउथ भर्सनको मात्र अधिकार भएको र हिन्दी भर्सनको अधिकार जी ५ ले किन्न सक्ने बताइएको छ । यद्यपि निर्माण पक्षले भने यसबारे औपचारिक रूपमा केही प्रतिक्रिया दिएको छैन । 

शंकरको निर्देशनमा बनेको यो फिल्ममा धेरै पैसा खर्च भइसकेको छ । एउटा गीत कै लागि ४० देखि ५० करोड खर्च भएको विवरणहरू बाहिर आउँदा ट्रेनमा भएको ७ मिनेटको एक्सन सिनकै लागि ७० करोड खर्च भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?