मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हरिदेवी कोइरालासँग ‘पाइनँ खबर’ साँझ हुँदै

पाेखरा– पोखरास्थित ‘इन्द्रेणी थिएटर’मा स्रष्टा हरिदेवी कोइरालासँग ‘पाइन खबर’ साँझ हुने भएको छ । ‘इन्द्रेणी थिएटर’को पाँचौँ वार्षिक उत्सवको अवसरमा थिएटरले शनिवार उक्त कार्यक्रम गर्न लागेको इन्द्रेणीका अध्यक्ष तथा कार्यक्रम संयोजक केदारनाथ पौडेलले बताए ।

उनका अनुसार कार्यक्रममा वरिष्ठ लोक गायिका कोइरालाका गीत, कविता वाचन तथा प्रकाशित कृति र उनको समग्र कलायात्राको बारेमा जानकारी दिने हेतुले गर्न लागेको हो ।

कार्यक्रमा पद्मराज ढकाल, संगीतकार नवराज बराल, गायक रामजी पौडेल, दिलिप गायक, महेन्द्रराज बराल, विष्णु बराल, श्रीधर कडेल लगायत एक दर्जन राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन् ।

‘इन्द्रेणी थिएटर’ पोखरामा रहेर त्यहाँको रंगमञ्चमा क्रियाशिल युवाहरुले स्थापना गरेको संस्था हो । थिएटरले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नाटक निर्माण, प्रदर्शन तथा कार्यशाला संचालन, कार्यपत्र प्रस्तुति, खोज, अनुसन्धान, चित्रकला, कविता, गजल लगायतको क्षेत्रमा काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?