मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अर्बपति मूर्तिले दिए नातिलाई ३८४ करोडको इन्फोसिसको शेयर उपहार

काठमाडौँ – बहुराष्ट्रिय भारतीय आइटी कम्पनी इन्फोसिसका संस्थापक नारायण मूर्तिले नातिलाई ३८४ करोडको इन्फोसिसको शेयर उपहार दिएका छन् । 

मूर्तिले आफ्ना ४ महिनाका नाति एकाग्र रोहन मूर्तिको नाममा इन्फोसिसका १५ लाख कित्ता शेयर नामसारी गरिदिएका हुन् । 

इन्फोसिस भारतको दोस्रो ठूलो आइटी कम्पनी हो । यी शेयरको मूल्य २ अर्ब ४० करोड भारु भएको बताइएको छ ।

भारतीय स्टक एक्सचेन्ज फाइलिङका अनुसार यो इन्फोसिसको शेयरको ०.०४ प्रतिशत हो । नारायण मूर्तिसँग अझै इन्फोसिसको साढे एक करोड सेयर छ। 

यी शेयर पाएसँगै एकाग्र भारतको सबैभन्दा कान्छी अर्बपति बनेका छन् । एकाग्र नारायण मूर्तिका छोरा रोहन मूर्ति र उनकी पत्नी अपर्णा कृष्णनको छोरा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?